विश्वभर १४ करोड ४४ लाख बढीमा कोरोना पुष्टि, अमेरिकामा मात्रै ३ करोड २६ लाख संक्रमित

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड ४४ लाख २५ हजार ८२ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ८० हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १४ हजार ८८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ७१ हजार ३८ पुगेको छ ।

हाल विश्वभर १२ करोड २८ लाख ९१ हजार २९६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ३९ हजार २११ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८४ लाख ६२ हजार ७४८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ९ हजार ८३७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २६ लाख २ हजार ५१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५१ लाख ७७ हजार ४३४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८३ हजार ३३० पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ४१ हजार २८७ सक्रिय संक्रमित छन् । ती मध्ये १० हजार ९ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: