पोखरामा लागुऔषध सहित दुई युवक पक्राउ

Share:

पोखरा । पोखरामा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ मजुवास्थित सडक खण्डमा गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले नेपालगंजबाट पोखरातर्फ आउंदै गरेको बस चेकजाँच गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा– ९ पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ५८ एम्पुल, फेनेरागन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी जम्मा १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: