ओलीले गरे बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास

Share:

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार बिहान प्रधानमन्त्री ओलीले कार्यालय भवनको शिलान्यास गरेका हुन्।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।

बिहीबार बिहान भवनको शिलान्यसपछि आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए ।

२०५१ सालमा निर्मित बल्खुस्थित एमाले कार्यालय २०७२ सालको भूकम्पले ध्वस्त बनाएपछि धुम्बाराहीमा कार्यालय सारिएको थियो ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेलका लागि एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: