
पोखरा । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेको छ ।
आज प्रतितोला छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो ।
यस्तै, आज तेजावी सुन ९१ हजार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । बुधबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य बढेर १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
