देशभर थपिए २ हजार ४२८ जना कोरोना संक्रमित

Share:

पोखरा । देशभर गत २४ घण्टामा २ हजार ४२८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७६ हजार ३४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ।

हाल नेपालमा १२ हजार ६९० जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८१ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १० हजार ४४८ परिक्षण भएको छ भने हालसम्म २३ लाख ७९ हजार ४०२ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: