पोखराका ५५ सहित गण्डकीमा बिहीबार थप ८२ जनामा कोरोना पुष्टि, २७ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ५५ सहित गण्डकी प्रदेशमा आज बिहीबार थप ८२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ८२ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ५५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका ११ जना, नवलपुरका ५ जना, स्याङ्जाका ४ जना, तनहुँ र पर्वतका ३/३ जना र लमजुङका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ४८८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ५५८ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा २११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ७१९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ६५९ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ४३२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४० हजार ८१३ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: