
पोखरा । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९)संक्रमितको संख्यामा दैनिक रुपमा नयाँ रेकर्ड कायम हुँदै आएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पनि थप ३ लाख ३२ हजार ५०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।
यस्तै, भारतमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा आज पनि नयाँ रेकर्ड कायम भएको छ । गएको २४ घण्टामा मात्रै २ हजार २५६ जनाको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख ९२ हजार २०० जना निको भएका छन् ।
हाल भारतमा २४ लाख २८ हजार ७७५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
