विश्वभर १४ करोड ५३ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड ५३ लाख १६ हजार ६६१ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ८४ हजार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ३८८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ८४ हजार ४६७ पुगेको छ ।

हाल विश्वभर १२ करोड ३५ लाख ८३ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ९० हजार १९३ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८६ लाख ४८ हजार २३७ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ८८ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २६ लाख ६९ हजार १२१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५२ लाख ३६ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८४ हजार २२६ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ४८ हजार २३७ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ९६२ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: