
पोखरा । पोखराका ६४ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप ८६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ८६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ६४ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँका ६ जना, गोरखाका ५ जना, स्याङ्जाका ४ जना, बाग्लुङका ३ जना तथा म्याग्दी र पर्वतका २/२ जना र लमजुङका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ५७४ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ५९० पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा २११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ७७३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ७१७ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३६१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४१ हजार १७४ नमुना परिक्षण भएको छ ।



