देशभर थप २ हजार ५५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७६ हजार ७५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ।

हाल नेपालमा १४ हजार ७२४ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७५ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ९ हजार ६६४ परिक्षण भएको छ भने हालसम्म २३ लाख ८८ हजार २०० परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: