गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

Share:

गोरखा । गोरखामा शुक्रबार आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहान ६ बजेतिर गोरखा नगरपालिका–६ स्थित दरबारमार्गमा बाटो बनाउने क्रममा करेन्ट लागेर रुकुम (पश्चिम) को चौरधारे नगरपालिका–१० का ३२ वर्षीय थल बहादुर विकको मृत्यु भएको हो ।

बाटो ढलानका लागि रड सिधा पार्ने क्रममा उक्त रडले बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई एपोलो हस्पिटल गोरखामा उपचारका लागि पु¥याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: