
पोखरा । देशका धेरै स्थानमा आज शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहकोले मौसम प्रभावित भएको हो ।
आज बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादली रहेको छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
सुदुरपश्चिम र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
शनिबार बिहान देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतय सफा रहनेछ।
पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
