
काठमाडौँ । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
शनिबार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको अनावरण गरि उनले धरहराको उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।
२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गरेका थिए ।
पुनर्निर्मित धरहराको उचाइ जमिनबाट ८३ दशमलब ८५ मिटर रहेको छ ।
कमेन्ट गर्नुहोस्

