देशभर थप ३ हजार बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ३ लाख नाघ्यो

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७७ हजार ५७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ४५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २८ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ।

हाल नेपालमा १९ हजार ३८२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६९ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १० हजार ७८ परिक्षण भएको छ भने हालसम्म २४ लाख ५ हजार १७ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: