कास्कीका ११४ सहित गण्डकीमा आइतबार थप १६३ जनामा कोरोना पुष्टि, ५६ संक्रमणमुक्त

Share:

पोखरा । कास्कीका ११४ सहित गण्डकी प्रदेशमा आज आइतबार थप १६३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका १६३ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ११४ जना छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका २२ जना, तनहुँका १० जना, नवलपुरका ७ जना, म्याग्दीका ६ जना, स्याङ्जाका ३ जना र पर्वतका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ७३७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ६४६ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा २११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ८८० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ७७३ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ६३२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४१ हजार ८०६ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: