
पोखरा । देशभर गत २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७७ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ३७८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ।
हाल नेपालमा २२ हजार ४३४ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६५ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १३ हजार २९३ परिक्षण भएको छ भने हालसम्म २४ लाख १७ हजार ४१७ परिक्षण भएको छ।
