
पोखरा । पोखराका ६९ सहित गण्डकी प्रदेशमा आज सोमबार थप १०१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका १०१ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ६९ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, नवलपुरका १२ जना, तनहुँ, म्याग्दी र पर्वतका ५/५ जना, स्याङ्जाका ३ जना र लमजुङका २ जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ ।
यस्तै, गण्डकीमा गत २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा थप ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ६८६ पुगेको छ ।
हाल प्रदेशभर ९३७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ८८३ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २७० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४२ हजार ७६ नमुना परिक्षण भएको छ ।
