
पोखरा । पोखराका २ सहित आज गण्डकी प्रदेशका ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार स्याङ्जाका संक्रमित पुरुषको पाल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य सबै पोखराका अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका– २५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ ।
यस्तै, सोही अस्पतालमा पोखरा महानगरपालिका– १ की ५५ वर्षीया महिलाको आज दिउँसो १२ः५४ बजे मृत्यु भएको छ ।
यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका– ३ का ७८ वर्षीय संक्रमित पुरुषको आज बिहान सवा ३ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।
त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका– १२ का ५८ वर्षीय संक्रमित पुरुषको आज लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।
