
पोखरा । कास्कीमा वैशाख १५ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१ गते राति २१ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।
उक्त अवधिभर जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको प्रशासनले जनाएको छ ।
प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, १५ जना भन्दा बढी भेला भएर जन्ती, मलामी जान नपाइने, मनोरञ्जन तथा खेलहरु सबै बन्द हुने आदेशमा उल्लेख छ ।

