सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले घटेको छ ।

आज प्रतितोला छापावाला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । यसअघि सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: