
पोखरा । गण्डकी प्रदेशमा आज थप २ जना कोरोना (कोभिड–१९) संक्रमितहरुको मृत्यु पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेहरुमा तनहुँका १ जना पुरुष र गोरखाका १ जना महिला रहेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति ११ः२० बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख ८ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, गोरखाको पालुङटार नगरपालिका– ५ की ६७ वर्षीय संक्रमित महिलाको मंगलबार उपचारकै क्रममा मृत्यु भएको छ । ती महिलामा हिजो मात्रै कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

