
पोखरा । पोखराका ९७ सहित गण्डकी प्रदेशमा आज मंगलबार थप ११३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ११३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ९७ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ४ जना, नवलपुर र तनहुँका ३/३ जना, पर्वत र स्याङ्जाका २/२ जना तथा म्याग्दी र लमजुङका १/१ जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ९५१ पुगेको छ ।
यस्तै, गण्डकीमा गत २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टिभएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा थप ३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ७२५ पुगेको छ ।
हाल प्रदेशभर १००९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ८८२ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३३५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४२ हजार ४११ नमुना परिक्षण भएको छ ।




