देशभर थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७८ हजार ५०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ५५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १८ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ।

हाल नेपालमा २६ हजार २२५ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५८ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १५ हजार ६८१ परिक्षण भएको छ भने हालसम्म २४ लाख ३२ हजार ८९ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: