पीएन क्याम्पसमा कुटपीटः माधव पक्ष भन्छन्, ‘केपी समुहका अराजक झुण्डले कुटे’

Share:

पोखरा । पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरुबीच झगडा हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत दुई विद्यार्थी राम अधिकारी र प्रभात लामिछाने घाइते भएका छन् ।

एकजनाको खुट्टा भाँचिएको र अर्कोको हात लगायतका ठाउँमा चोट लागेको छ ।

बिएससी–सिएसआइटी अध्ययनरत विद्यार्थीहरुरुले आफ्ना शैक्षिक मागहरु सम्बोधन नभएपछि तालाबन्दी गर्न खोज्दा क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच छलफल चलिरहकै बेला एक्कासी केपी ओली समुहका विद्यार्थीहरु र बाहिरका गुण्डाहरुले हात हतियार सहित विद्यार्थीमाथि आक्रमण गरेको विज्ञप्तीमा उल्लेख छ ।

माधव नेपाल पक्ष अनेरास्ववियु, कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारी र पृथ्वीनारायण क्याम्पसका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले विज्ञप्ती निकालेर केपी ओली समूहले विद्यार्थी माथि हतियार प्रहार गरेको र कुटपीटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

घाइते विद्यार्थीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: