पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि

Share:

पोखरा । पोखरामा आज (बिहीबार) थप २ जना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका कोरोना संक्रमित एक पुरुष र एक महिलाको मृत्यु पुष्टि भएको हो ।

पोखरा महानगरपालिका– १४ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बुधबार बेलुका ७ः३० बजे मेडिल्पस अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख ७ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखरा महानगरपालिका– ७ की ८९ वर्षीया संक्रमित महिलाको आज बिहीबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ । ती महिलामा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: