
पोखरा । भारतमा एकै दिन ४ लाख २ हजार ११० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकै दिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।
यस्तै, भारतमा गएको २४ घण्टामा थप ३ हजार ५२२ जनाको कोरोनाले ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना निको भएका छन् । गत २४ घण्टामा पनि २ लाख ९९ हजार २३८ जना निको भएका छन् ।
हाल भारतमा ३२ लाख ७२ हजार २५६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
