
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड १९ लाख ९७ हजार ८९६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ७१ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टामा थप १४ हजार २६६ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३१ लाख ९३ हजार १९० पुगेको छ ।
हाल विश्वभर १२ करोड ९८ लाख ६५ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख १६ हजार १७४ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८९ लाख ३९ हजार ५९८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ३५५ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३१ लाख ३ हजार ९७४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५७ लाख १० हजार १४२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९० हजार ५५ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ३ हजार ७७७ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ६२५ गम्भिर बिरामी रहेका छन् ।
