
पोखरा । देशभर आज आइतबारको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
माहाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोछ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भएको छ ।
आइतबार दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ।
बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।
यसैबीच, देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
