पूर्व प्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

Share:

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

उनको आज शनिबार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

उनलाई आजै काठमाडौँ स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

उनी केही समयअघी भारतको दिल्लीबाट उपचार गरेर नेपाल फर्केका थिए ।

कमेन्ट गर्नुहोस्
Share: