लायन्स क्लव अभियानको १५५ युनिट रगत संकलन

Share:

लेखनाथ । स्थापनाको छोटो समयमा लायन्स क्लवको क्षेत्रमा छुटै परिचय स्थापित गर्न सफल लायन्स क्लव अफ पोखरा अभियानले सनिवार राखेको खुल्ला रत्तदानमा एक सय ५५ युनिट रगत संकलन भएको छ ।

कोरना भाईरसका कारण बजारमा देखिएको रगतको अभावलाई केही मात्रामा कमी गर्ने उदेस्यले लायन्स क्लव अभियानले पोखरा– १० को अमरशिहचोकमा राखेको रक्तदानमा एक सय ५५ युनिट रगत संकल भएको हो ।

क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको अन्य काममा जसरी सफलता मिलेको थियो त्यसैगरि पहिलो पटक राखिएको रत्तदानमा पनि सोचे अनुसार कै सफलता हात पारेको क्लवका सस्थापक अध्यक्ष विनोद ढुगानाको भनाई रहेको छ ।

स्वास्थ्येका सम्पुर्ण होशियारीका विधीहरु अपनाएर संचालन भएको रत्तदान कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका बोड सदस्य किसोर बिक्रम मल्लले पहिलो रत्तदाता आदर्श मोहन भटराईलाई बल्डब्याग हस्तान्त्रण गरि रत्तदानको अभियानलाई थालनी गरेका थिए ।

कार्यक्रममा लायन्स क्लवका ब्लड डोनेसन डिपाटमेण्टल चिफ बालाकृष्ण शर्मा, क्लवका सचिव नन्द प्रसाद पोखरेल र निर्वाचित प्रथम उपाध्यक्ष कृष्ण लम्साल लगाएतले रत्तदानको महत्व र आपट विपतको समयमा लायन्स क्लवले सहयोगको अभियान संचालन गर्न तयार रहेको बिचार राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: