बेगनास युवा क्लवको अध्यक्षमा बराल

Share:

लेखनाथ । पोखरा ३१ मा रहेको बेगनास युवा क्लवको ३० औं साधारणसभा तथा १५ औं अधिवेशनले निराजन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयर गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले सर्वसम्वत रुपमा वरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो। समितिको उपाध्यक्षमा रोशन खनाल, सचिबमा रामकृष्ण लामीछाने, सहसचिवमा सुभाष थकाली र कोषाध्यक्षमा प्रकाश बराल रहेका छने भने सदस्यहरुमा गजेन्द्र रानाभाट, नितेश लालचन, बुद्ध गुरुङ, बिज्ञान कोईराला, सुजन आचार्य र सागर रानाभाट रहेका छन् ।

क्लवका अध्यक्ष रामवहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कृष्ण प्रसाद ढुंगाना, महेश पौडेल, केदार लामिछाने, संचारकर्मी सचिन रानाभाट लगाएतले क्लवले सरसफाईको साथमा बेगनास क्षेत्रमा आउने पर्यटनहरुको सुविधाका लागि नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए ।

क्लवका कोषाध्यक्ष रामकृष्ण लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले सफाई अभियान संचालन भए देखि नै विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको र अबका दिनमा स्थानीय तहले मुख्य भुमिका खेल्दै थप जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने सुझाव राखेका थिए ।

पोखरा ३१ वेगनासलाई कार्यक्षेत्र बनाएको क्लवले बेगनासताल क्षेत्र मात्र होईन पोखराको फेवा तालमा जलकुम्भी सफाई अभियान, फेवा किनार तथा फिर्के खोला सफाई अभियान लगायतका ठाउँहरुमा अभियान सम्पन्न गरिसकेको छ। सफाई अभियानको अलावा युवाहरूलाई लक्षित गर्दै दुई संस्करणको बेगनास कप समेत सम्पन्न गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: