पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

होम आइसोलेसनमा रहेका एक जना सहित पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना गरी थप आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो शनिबार दिउँसो १ः१७ बजे होम आइसोलेशनमा मृत्यु भएको हो । उनलाई बैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा हिजो शनिबार बिहान साढे १० बजे मृत्यु भएको हो । उनलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया संक्रमित महिलाको हिजो शनिबार बिहान साढे ३ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।

दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको शुक्रबार अस्ति राति १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया संक्रमित महिलाको हिजो शनिबार दिउँसो सवा ४ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई बैशाख १२ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१० की कोरोना संक्रमित महिलाको हिजो बेलुका ५ः२५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय संक्रमित पुरुषको हिजो शनिबार साढे ७ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आज आइतबार बिहान १०ः३२ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: