पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

Share:

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान स्वाब दिएकोमा उनीहरु दुवै जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उनले बताएका छन् ।

उनले आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् ।

साथै मन्त्री ढकालले आफूहरूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: