भारतमा थप ३ लाख ७० हजार बढीमा कोरोना संक्रमण

Share:

पोखरा । भारतमा थप ३ लाख ७० हजार ५९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।

यस्तै, भारतमा गएको २४ घण्टामा थप ३ हजार ४२२ जनाको कोरोनाले ज्यान गएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ६२ लाख ८१ हजार ७३८ जना निको भएका छन् । गत २४ घण्टामा पनि २ लाख ९९ हजार ९६६ जना निको भएका छन् ।

हाल भारतमा ३४ लाख १९ हजार ३२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: