
पोखरा । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै, सरकारले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।
यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
