भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

Share:

पोखरा । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ करोड नाघेको छ ।

२४ घण्टामा थप ३ लाख ५५ हजार ८२८ जनामा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ३ हजार ४३८ जनाको कोरोनाले ज्यान गएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ६६ लाख ७०३ जना निको भएका छन् । गत २४ घण्टामा पनि ३ लाख १८ हजार ९६५ जना निको भएका छन् ।

हाल भारतमा ३४ लाख ५२ हजार ४५७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: