विश्वभर १५ करोड ४१ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ४१ लाख ७५ हजार २२६ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ६९ हजार ६८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १० हजार ४७८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख २६ हजार ७४३ पुगेको छ ।

हाल विश्वभर १३ करोड २२ लाख ९४ हजार ६११ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ८४ हजार ६६६ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८६ लाख ५३ हजार ८७२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ४५५ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३२ लाख ३० हजार ५६१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५९ लाख ९ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ५१४ पुगेको छ ।

हाल अमेरिकामा ६७ लाख २९ हजार ६५४ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ४२७ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: