तनहुँमा आज रातिदेखि निषेधाज्ञा जारी

Share:

तनहुँ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि तनहुँमा आज रातिबाट निषेधाज्ञा जारी हुने भएको छ ।

मङ्गलबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: