
पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले घटेको छ ।
आज प्रतितोला छापावाला सुन ९० हजार ३ सय कायम भइ कारोबार भइरहेको छ । यसअघि मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।
यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ ।
यसैगरी, आज प्रतितोला चाँदीको मूल्यमा ५ रुपैयाँले घटेको छ ।
मंगलबार चाँदीको मूल्य १३ सय २५ रहेकोमा आज घटेर प्रतितोला चाँदीको मूल्य १३ सय २० कायम भइ कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
