
पोखरा । पोखरामा उपचारका क्रममा थप दुई कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा र पर्वतका एक÷एक जना संक्रमित पुरुषको मृत्यु भएको हो।
स्याङ्जाको गल्याङ नगरपालिका– ११ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार राति १ः५० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख १८ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, पर्वतको जलजला गाउँपालिका– ७ का ८४ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बेलुका ८ः१५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा बैशाख २१ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।

