माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा

1105
0
Share:

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका हुन् । संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाइएको थियो ।

यसअघि हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीलाई समर्थन दिएको थियो । अहिले प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदमा विश्वाशको मत लिने निर्णय गरेपछि माओवादीले सर्मथन फिर्ताको औपचारिकता पूरा गरेको हो ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको ४९ सांसद रहेको छ । समर्थन फिर्ता लिएसँगै सरकारसँग अब नेकपा एमालेका एक सय २१ सांसद मात्रै रहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन दुई सय ६७ सांसदमध्ये एक सय ३६ सांसद आवश्यक पर्दछ ।

कमेन्ट गर्नुहोस्
Share: