
पोखरा । देशभर गत २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ८९ हजार ७८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ५८ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।
हाल नेपालमा ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ३८१ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २१ हजार ३७२ परिक्षण भएको छ भने हालसम्म २५ लाख ५८ हजार ५१ परिक्षण भएको छ।
