गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टी

Share:

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा नै बस्ने जनाइएको छ ।

मंगलबार उनी गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए ।

बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

उनका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने होम हाल आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: