
पोखरा । देशका अधिकांश स्थानमा आज बिहीबारको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा देखि आन्शिक बदली रहेको छ।
गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।
देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।
देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबीच, देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
