
पोखरा । भारतमा कोरोना (कोभिड–१९)संक्रमित र मृतकको संख्यामा आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै थप ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।
यस्तै, भारतमा गएको २४ घण्टामा मात्रै ३ हजार ९८२ जनाको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना निको भएका छन् । गत २४ घण्टामा पनि ३ लाख ३० हजार ६७६ जना निको भएका छन् ।
हाल भारतमा ३५ लाख ७१ हजार ६२५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
