फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपतिको शुभकामना

Share:

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।

फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरिएको छ।

‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान विकृति र विसङ्गति हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’, सन्देशमा भनिएको छ, ‘उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएकी छु।”

सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न फाल्गुनन्दले दिएको मार्गनिर्देशन अनुसरणीय रहेको र उनले अपनाएको दर्शन, प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेराष्ट्रपति भण्डारीको विश्वास छ।

कमेन्ट गर्नुहोस्
Share: