
बलिउड नायिका प्रियंका चोपडाविरुद्ध भारतको लखनउमा विरोध प्रदर्शन भएको छ ।
अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंकाले मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी छिन् । यतिबेला भने लखनउका विभिन्न स्थानमा पुगेर अभिनेत्री चोपडाले बच्चाहरूसँग भेटघाट गरिरहेकी छिन् ।
उनी लखनउ पुगेसँगै लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् र हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ । साथमा लेखिएको छ, ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन ।’
लखनउमा प्रियंकाविरुद्ध पोस्टर ठाउँ ठाउँमा भेटिएका छन् । तर, लखनउवासीले प्रियंकाको विरोध किन गरेका हुन् भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । प्रहरीले के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । प्रियंका मुम्बईको कार्यक्रम सकेर युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन् ।
दुई दिनका लागि लखनउ पुगेकी प्रियंका त्यहाँस्थित लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन्
