हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु

Share:

काठमाडौं : डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । यसअघि सोमबार मन्त्रालयले अपडेट गरेको विवरणमा ५५ जनाको मृत्यु भएको जनाएको थियो । 

गत साउन महिनायता ५१ हजार १७७ मा डेंगु पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सातै प्रदेशका ७७ जिल्लामा डेंगु फैलिएको छ । 

कमेन्ट गर्नुहोस्
Share: