
कास्की : नेपाली मितिअनुसार मंसिर ४ बाट सुरु हुने कतार विश्वकपका लागि दाबेदार स्पेनले राष्ट्रिय टिम घोषणा गरेको छ।
स्पेनले म्यानचेस्टर सिटीका स्टार द्वय एमेरिक लापोर्टे र रोड्रि स्पेनिस टिममा राख्दै २६ सदस्सीय टिम घोषणा गरेको हो। तर प्रशिक्षक लुइस इनरिकले लिभरपुलका मिडफिल्डर थियागो अल्काटारा र युनाइटेडका गोलरक्षक डेभिड डी गा भने स्पेनिस टिममा राखेन।
त्यस्तै एथलेटिको बिलवाओका विंगर निको विलियम्सले टिममा डेब्यु गर्ने छन्। त्यस्तै फेरान टोरेस तथा चेल्सीका पुर्व स्ट्राइकर अलभारो मोरटाले पनि कतार भ्रमण गर्ने छन्।
समूह ई मा रहेको स्पेनले जर्मनी र कोस्टारिका र जापानसँग प्रतिस्पर्धा गर्ने छ। कोस्टारिकासँग २३ नोभेम्बरमा प्रतिस्पर्धा गर्दै स्पेनले विश्वकप यात्रा सुरु गर्ने छ।
