
काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र फुङलिङ ८ का ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको हाे।
ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार फुङलिङ नगरपालिका– ८ मा बिहान १–००२–००३ ह ३९०० नम्बरको अटो दुर्घटनामा परेको हो ।
घाइते अटो चालकको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
